global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘सुन्रा’ ब्रान्डको विद्युतीय स्कुटर नेपाल भित्रिँदै

‘सुन्रा’ ब्रान्डको विद्युतीय स्कुटर नेपाल भित्रिँदै

‘सुन्रा’ ब्रान्डको विद्युतीय स्कुटर नेपाल भित्रिँदै

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले छिट्टै नयाँ विद्युतीय ब्रान्ड नेपालमा भित्र्याउने भएको छ । कम्पनीले चीनमा निर्मित ‘सुन्रा’ ब्रान्डका दुई वटा विद्युतीय स्कुटर नेपालमा भित्र्याउन लागेकाे हाे ।

कम्पनीले सुन्राको विद्युतीय हक र रोबो एस मोडल सार्वजनिक गर्ने जनाएको छ । यी स्कुटरहरूमा सुन्राकै मोटर जडित छन् । रोबो एसमा जडित मोटरले ३ हजार किलोवाटको पावर र हकमा जडित मोटरले १८०० किलोवाट पावर दिने बताइएको छ ।

रोबो एस कम्पनीको हाइ-स्पीड सेग्मेन्टको स्कुटर हो । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टाको हुनेछ । यसले एक पटकको पूरा चार्जमा १३५ किलोमिटरको रेन्ज दिने अनुमान छ ।

त्यस्तै हक भने कम्पनीको मोपेड सेगमेन्टअन्तर्गत पर्छ । यो लिथियम ब्याट्री प्याक विकल्पमा उपलब्ध हुने बताइएकाे छ । यसको टप स्पीड ४५ किलोमिटर प्रति घण्टाको हुनेछ भने एक पटकको पूरा चार्जमा ६५ किलोमिटर देखि १३० किलोमिटरसम्मको रेन्ज दिने ब्याट्री विकल्पमा उपलब्ध हुनेछ ।

कम्पनीका सेल्स एन्ड मार्केटिङ प्रमुख विवेक सिंहका अनुसार सुन्ना ब्रान्डको स्कुटर नेपालमा सन् २०२३ को फेब्रुअरीमा सार्वजनिक गरिने अपेक्षा छ । यी मोडलहरूको बजार मूल्य नतोकिए पनि दुई लाख ४० हजारदेखि तीन लाख ८० हजार रूपैयाँ पर्ने अनुमान छ ।

हाल केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेलीका बाइक तथा स्कुटरको बिक्री एवं वितरण गर्दैछ ।

प्रकाशित समय : १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु