गृहपृष्ठ संसद सचिवालयका महासचिव गौतमले पठाए सर्वोच्चलाई पत्र

संसद सचिवालयका महासचिव गौतमले पठाए सर्वोच्चलाई पत्र

संसद सचिवालयका महासचिव गौतमले पठाए सर्वोच्चलाई पत्र

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् । यसअघि उनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र पठाएका थिए ।

सो पत्रमाथि सर्वोच्चको फुलकार्टले प्रश्न उठाउँदै जवाफ मागेको थियो । महासचिव गौतमले आइतबार सोही प्रश्नको जवाफ पठाएका हुन् । यद्यपि उनले पत्रमा फुलकोर्टले सोधेका प्रश्नको जवाफ भने दिएका छैनन् ।

सर्वोच्चको संवैधानिक इजलासले यसअघि नै अन्तरिम आदेश दिँदै सो पत्र कार्यान्वयन नगर्न भनिसकेको छ । महासचिव गौतमले अन्तरिम आदेशमा सोधिएको प्रश्नको जवाफ र फुलकोर्टले सोधेको जवाफ एकैपटक दिने बताएका छन् ।

पत्र :

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु