गृहपृष्ठ पोल्यान्डलाई पराजित गर्दै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा
पोल्यान्डलाई पराजित गर्दै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

पोल्यान्डलाई ३-१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालीन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए ।
दोहास्थित अल थुमामा मैदानमा जिरौउडले एक गोल गर्दा युवा स्ट्राइकर केलियन एम्बाप्पेले दुई गोल गरेका थिए । जारी विश्वकपमा उनी सर्वाधिक गोलकर्ता भएका छन् । उनको नाममा पाँच गोल भएको छ ।
७५औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता २-० को पारे । एमबाप्पेले इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरेका थिए ।
पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले इन्जुरी समयमा पेनाल्टीमा एक गोल फर्काएका थिए । लेवान्डोस्कीले जारी विश्वकपमा दोस्रो गोल हो । यदपि, पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रकाशित समय : ०६:४९ बजे