गृहपृष्ठ बर्मामा ७ विद्यार्थीलाई मृत्युदण्ड

बर्मामा ७ विद्यार्थीलाई मृत्युदण्ड

बर्मामा ७ विद्यार्थीलाई मृत्युदण्ड {"caption":"u0938u0948u0928u093fu0915 u2018u0915u0941u2019 u0915u094b u0935u093fu0930u094bu0927u092eu093e u092eu094du092fu093eu0928u094du092eu093eu0930u0915u094b u092fu093eu0902u0917u0941u0928u092eu093e u0938u094bu092eu092cu093eu0930 u0917u0930u093fu090fu0915u094b u092au094du0930u0926u0930u094du0936u0928u202fu0964u00a0 u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938nn","photographer":"","alt_text":""}

म्यानमारको जुन्ता सरकारले यस साता थप सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । यससँगै सेनाले मृत्युदण्ड सुनाएको व्यक्तिको संख्या १३९ पुगेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघले म्यानमारको सेनाले विरोधीलाई दमन गर्न मृत्युदण्डलाई औजारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । सन् २०२१ को फेब्रुवरीमा आङ सान सुकीको नागरिक सरकारलाई सेनाले कु गरेपछि म्यानमारमा राजनीतिक उथलपुथल बढेको छ ।

यसै साता सेनाको एक अदालतले कम्तीमा ७ जना विश्वविद्यालयका विद्यार्थी (छात्र)लाई मृत्युदण्डको सजाय सुनाएको मानवअधिकारका लागि राष्ट्रसंघका आयुक्त भोल्कर टर्कले एक विज्ञप्तिमा बताएका छन् ।

यांगुनस्थित विश्वविद्यालयका विद्यार्थीहरूलाई अप्रिलमा गिरफ्तार गरिएको थियो । उनीहरूमाथि बैंक गोलीबारीमा संलग्न भएको आरोप लगाइएको थियो । ‘विद्यार्थीहरूलाई मृत्युदण्ड दिनु सेनाले बदला लिने कार्य हो’ डागन विश्वविद्यालयको विद्यार्थी संघले एक विज्ञप्तिमा भन्यो ।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु