nmb bank

गृहपृष्ठ पोर्चुगललाई हराएर दक्षिण कोरियाले निकालेको सनसनीपूर्ण जित

पोर्चुगललाई हराएर दक्षिण कोरियाले निकालेको सनसनीपूर्ण जित

पोर्चुगललाई हराएर दक्षिण कोरियाले निकालेको सनसनीपूर्ण जित

ह्वाङ हि चानले इन्जुरी टाइममा गोल गरेपछि दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गर्दै कतारमा भइरहेको फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगललाई पराजित गरेपछि कोरिया समूह एफमा ४ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

यसै समूहको अर्को खेलमा उरुग्वेले घानालाई २-० ले पराजित गर्दै कोरिया समान ४ अंक नै जोड्यो । तर अंक र गोल अन्तर समान भए पनि समूह चरणमा धेरै गोल गरेका आधारमा कोरिया भाग्यमानी बन्यो ।

पराजित भए पनि पोर्चुगल ६ अंक जोड्दै समूह विजेता बन्यो । यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको पोर्चुगलले केही मुख्य खेलाडीलाई कोरिया विरुद्ध आराम दिएको थियो ।

बराबरीले नै पोर्चुगललाई समूह विजेता बन्न पर्याप्त थियो । तर कोरियासँग पराजित भए पनि पोर्चुगल समूह विजेता बन्यो ।

रिकार्डो होर्थाले गोल गर्दै पोर्चुगललाई पाँचौं मिनेटमै अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा कोरियाका लागि किम योङ ग्वनले बराबरी गोल फर्काए ।

त्यसपछि दुवै टोलीले गोल थप्ने प्रयासमा लागे । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्ने दुई राम्रा अवसर सदुपयोग गर्न सकेनन् ।

वैकल्पिक खेलाडीको रुपमा ह्वाङ हि चानले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि कोरियाले सनसनी जित निकालेको हो ।

प्रकाशित समय : ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु