गृहपृष्ठ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भएको हो ।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।

गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्‍याइएको बस्नेतले बताए ।

गोली हान्ने व्यक्तिको पहिचान भएको छैन ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु