गृहपृष्ठ स्याङ्जा २ मा १६९२ मतसहित गुरुङको अग्रता, पछ्याउँदै अर्याल

स्याङ्जा २ मा १६९२ मतसहित गुरुङको अग्रता, पछ्याउँदै अर्याल

स्याङ्जा २ मा १६९२ मतसहित गुरुङको अग्रता, पछ्याउँदै अर्याल

स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् ।

एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत प्राप्त गरेका छन् ।

४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन ।

बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएकाे हाे । स्याङ्जा २ मा ७० हजार मत खसेकाे छ ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु