गृहपृष्ठ गायक सुनिल गिरीले गरे विवाह
गायक सुनिल गिरीले गरे विवाह

नेपाली म्युजिक उद्योगका गायक, रचनाकार एवं संगीतकार सुनिल गिरीले विवाह गरेका छन् ।
गिरीले आफ्नी प्रेमीका अञ्जु आचार्यसँग विवाह गरेका हुन् । गिरीले आफ्नो विवाहलाई सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् ।
केही वर्षदेखि प्रेममा रहेको उनीहरू म्युजिक भिडियोमा बेहुला बेहुली पहिरनमा देखिन्छन् । यो गीतको कम्पोज गिरीले आफैं गरेका छन् । उक्त भिडियो नेपाल र जर्मनीमा छायांकन गरिएको छ ।
उनीहरूले दुई परम्परागत तरीकाबाट विवाह गरेका छन् ।
प्रकाशित समय : १६:५० बजे