गृहपृष्ठ ६ सय रुपैयाँले घट्यो सुनकाे मूल्य

६ सय रुपैयाँले घट्यो सुनकाे मूल्य

६ सय रुपैयाँले घट्यो सुनकाे मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा काराेबार भएको छ।

शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा पाँच रुपैयाँले घटेर चाँदी एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु