nmb bank

गृहपृष्ठ एनसीसी बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

एनसीसी बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

एनसीसी बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) को आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा शुक्रबार सम्पन्न साधारण सभामा प्रस्ताव गरिएको ३.३६  प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित सबै प्रस्ताव सर्वसम्मत रुपमा पारित भएकाे छ । सभाबाट पारित ३.३६ प्रतिशत बोनस सेयरपश्चात यस बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले वृद्धि भई १४१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकले १२४ अर्ब ८७ करोड रुपैयााँ खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटीएम र १५ एक्टेन्सन काउण्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु