nmb bank

गृहपृष्ठ ‘सी’ डिभिजन लिग फुटबल वैशाखमा, तयारी खर्च बढ्यो

‘सी’ डिभिजन लिग फुटबल वैशाखमा, तयारी खर्च बढ्यो

‘सी’ डिभिजन लिग फुटबल वैशाखमा, तयारी खर्च बढ्यो

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने नयाँ सिजनको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।

एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चसमेत बढाएको छ । एन्फाले यसपटक तयारी खर्चबापत क्लबलाई ११ लाख दिने भएको छ । यसअघि ‘सी’ डिभिजन क्लबलाई नौ लाख ५० हजार दिँदै आएको थियो ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु