गृहपृष्ठ आइसीसी टी-२० विश्वकपकाे उपाधिका लागि इंग्ल्यान्ड र पाकिस्तान भिड्दै
आइसीसी टी-२० विश्वकपकाे उपाधिका लागि इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछ ।
पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलकाे यात्रा तय गरेकाे हाे । दुवै टाेली पूर्वविजेता हुन् भने तेस्रो पटक टी-२० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक/एक पटक उपाधि जित्दा एक/एक पटक फाइनलमा पराजित भएका छन् ।
फाइनल हुने स्थान मेलवर्नमा वर्षाको सम्भावना भएकोले फाइनल खेललाई पनि असर गर्ने सम्भावना छ । फाइनल खेलको लागि सोमबार रिजर्भ डे पनि राखिएको छ । फाइनल खेल सम्भव भएसम्म आइतबार नै सम्पन्न गर्ने प्रयास हुनेछ ।
अहिलेसम्म ७ पटक टी-२० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् ।
प्रकाशित समय : ११:४० बजे