गृहपृष्ठ हेलिकप्टरबाट हुम्ला पुग्यो मतपत्र

हेलिकप्टरबाट हुम्ला पुग्यो मतपत्र

हेलिकप्टरबाट हुम्ला पुग्यो मतपत्र

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हुम्लामा हेलिकोप्टरबाट मतपत्र लगिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला पुगेको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ सय ५० कार्टुन १ लाख ५० मतपत्र हुम्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

मतदान केन्द्रमा आवश्यक पर्न ५८ किसिमका सामग्री हुम्ला पुगिसकेको निर्वाचन अधिकारी रानाले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खरिद गरिसकेको निर्वाचन अधिकारी रानाले बताए ।

२६ गतेबाट निर्वाचन सामग्री हस्तान्तरण गरिने उनले बताए ।

प्रकाशित समय : ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु