global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बेफुर्सदिला भए काचा बादाम गायक भुवन

बेफुर्सदिला भए काचा बादाम गायक भुवन

बेफुर्सदिला भए काचा बादाम गायक भुवन

गीत ‘काचा बादाम’ बाट रातारात स्टार बनेका गायक भुवन बादायकरलाई सबैले सम्झिएकै होलान् । उनलाई लोकप्रिय बनाउने काम अञ्जली अरोडाले गरिन् । किनकी भुवनकै गीतले अञ्जली पनि चर्चित बनेकी थिइन् ।

यिनै भुवन आफ्ना फ्यानमाझ नयाँ एल्बम लिएर कमव्याक गर्दैछन् । उनले आफू गायनमा सक्रिय हुनका लागि बदाम नबेच्ने निर्णय लिएका छन् ।

भुवनलाई बदाम बेच्ने शैलीले चर्चित बनाएको थियो । बदाम बेच्ने काम र त्यही गीतले उनको आर्थिक स्तर माथि ल्याएको पनि थियो । तर गत मेमा भएको कार दुर्घटनापछि उनी गुमनाम बनेका थिए । यद्यपि अहिले उनी स्वस्थ छन् र एल्बम रिलिजको तयारीमा छन् ।

उनको एल्बममा तीन गीत छन् । जुन गीत जीवनको यात्रामा आधारित छ । ‘मैले एल्बमको नाम अब म बदाम बेच्दिनँ राखेको छु । यो एल्बममा म कसरी लोकप्रिय भएँ भन्ने कुरा समावेश गरिएको छ । मैले यो काम गर्न नचाहेको होइन, तर म सँग यो कामका लागि पर्याप्त समय छैन । म अब आफ्नै जीवन जिउन चाहन्छु’, उनले भनेका छन् ।

भुवनका अनुसार उनको अहिले गाडी छ । उनी सोही गाडीमा घुमिरहन्छन् । भुवन अभी जात्रा नामको थिएटर ग्रुपसँग जोडिएका छन् ।

प्रकाशित समय : १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु