global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आइसीसी टी-२० विश्वकप : राेमाञ्चक जितसँगै भारतकाे सेमिफाइनल यात्रा कायमै

आइसीसी टी-२० विश्वकप : राेमाञ्चक जितसँगै भारतकाे सेमिफाइनल यात्रा कायमै

आइसीसी टी-२० विश्वकप : राेमाञ्चक जितसँगै भारतकाे सेमिफाइनल यात्रा कायमै

आइसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले बंगलादेशमाथि जित निकालेको छ । अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डीएल (डकवर्थ लेविस) पद्दतिको आधारमा ५ रनले हराएको हो ।

भारतले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । बंगलादेशले जवाफी ब्याटिङ गरिरहदा वर्षाले प्रभावित गरेपछि खेल १६ ओभरमा झारिएको हो । र, बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।

बंगलादेशका लिटोन दासले ६० रनको अर्धशतकीय इनिङ खेले । नाजमुल होसेनले २१ रन जोड्दा कप्तान शकिब अल हसनले १३ रन बनाए । नुरुल हसन २५ तथा तास्किन अहमेद १२ रनमा अविजित रहे । भारतका अर्शदिप सिंह र हार्दिक पाण्डयले २/२ विकेट लिए । मोहमद शामीले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै केएल राहुलले ५० रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले ३० रन बनाए । बंगलादेशका हसन ममुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।

यो तेस्रो जितसँगै भारतकाे सेमिफाइनल यात्राकाे सम्भावना कायमै रहेकाे छ । भारतले ४ खेलमा ६ अंक जोडेको छ । भारत समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु