global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राप्रपाकाे घोषणापत्र : अभिभावकीय राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

राप्रपाकाे घोषणापत्र : अभिभावकीय राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

राप्रपाकाे घोषणापत्र : अभिभावकीय राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

शासकीय स्वरुपमा अभिभावकीय रुपमा राजसंस्था कायम राखिने उल्लेख गर्दै राप्रपाले आफ्नो चुनावी घोषणा सार्वजनिक गरेको छ । राप्रपाको घोषणापत्र सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले साेमबार सार्वजनिक गरेका हुन् ।

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् रहनुपर्ने, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र र एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गरिने पनि राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

पूर्णपाठ :

प्रकाशित समय : १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु