global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता Russia's Foreign Minister Sergei Lavrov and China's State Councilor and Foreign Minister Wang Yi attend news conference following their meeting in Guilin, China March 23, 2021. Russian Foreign Ministry/Handout via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. NO RESALES. NO ARCHIVES. MANDATORY CREDIT.

चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई बधाई सन्देश पठाउनुभएको थियो । चिनियाँ राष्ट्रपति चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन हुनुभएकामा सो बधाई सन्देश पठाउनुभएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ नेसनल कंग्रेसबाट चिनियाँ राष्ट्रपति चिनफिङ सो पार्टीको महासचिवमा पुनः चयन हुनुभएको हो । सो वार्ताका क्रममा विदेशमन्त्री लाभरोभले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चयन हुनुभएकामा राष्ट्रपति चिनिफिङ तथा सो पार्टीको पोलिटब्युरो सदस्यमा चयन हुनुभएकामा विदेशमन्त्री वाङलाई बधाई दिनुभएको थियो ।

त्यस क्रममा विदेशमन्त्री वाङले चीन र रुसबीचको सम्बन्धलाई थप बलियो र गाढा बनाउनेतर्फ आगामी दिनमा चीन लाग्ने बताउनुभएको थियो । फोनवार्ताका क्रममा उहाँहरुका बीचमा दुई देशबीचको आपसी हित र सम्बन्धको साझेदारीका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु