गृहपृष्ठ यस्तो हुनेछ आजको मौसम
यस्तो हुनेछ आजको मौसम

आज बिहान प्रदेश–१ र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश–१, मधेस प्रदेशका साथै वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति प्रदेश–१ र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
प्रकाशित समय : ०६:४१ बजे