गृहपृष्ठ पहिलो त्रैमासिकको बजेट खर्च १५ प्रतिशत मात्रै

पहिलो त्रैमासिकको बजेट खर्च १५ प्रतिशत मात्रै

पहिलो त्रैमासिकको बजेट खर्च १५ प्रतिशत मात्रै

वार्षिक विनियोजनको तुलनामा निकै न्यून खर्च हुने परिपाटी यस वर्ष पनि दोहोरिएको छ । चालु आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासिक अवधिमा सरकारको बजेट खर्च साढे १५ प्रतिशत बराबर मात्रै देखिएको छ ।

असोज मसान्तसम्ममा वार्षिक विनियोजनको १५.५१ प्रतिशत अर्थात् २ खर्ब ७८ अर्ब १६ करोड ६३ लाख रुपैयाँ बराबर बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

असोज मसान्तसम्ममा चालुगत शीर्षकमा विनियोजित बजेटको १८.९१ प्रतिशत अर्थात् २ खर्ब २३ अर्ब ७५ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै पुँजीगत शीर्षकमा ५.१५ प्रतिशत अर्थात् १९ अर्ब ६८ करोड ११ लाख र वित्तीय व्यवस्थापन शीर्षकमा १५.०५ अर्थात् ३४ अर्ब ७३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ ।

यही अवधिमा सरकारको राजस्व संकलन १५.९१ प्रतिशत बराबर छ, जुन २ खर्ब ३२ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ५८ अर्ब ८० करोड रुपैयाँ बराबर बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कर राजस्वतर्फ वार्षिक लक्ष्यको १४.६२ प्रतिशत अर्थात् १ खर्ब ८९ अर्ब ३८ करोड ७ लाख र गैर कर राजस्वतर्फ १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ बराबर संकलन भएको छ ।

प्रकाशित समय : ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु