गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँँले बढेर कारोबार भइरहेको छ ।

गत कारोबार दिन तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु