गृहपृष्ठ व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना
व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नको लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् ।
मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफलसमेत राम्रो रहेको बताए । उनले भने, ‘नेपालमा गैरआवासीय नेपालीहरूले लगानी गर्नका लागि पुराना र जटिल कानुनहरू परिवर्तन भएको र बाँकी कानुनहरू परिर्वतन गर्ने प्रक्रियामा रहेको छ ।’
निजी क्षेत्रको सहकार्यमा गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्ने विषयमा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको उनकाे भनाइ थियाे ।
प्रकाशित समय : १९:०५ बजे