skip this prabhu bank contant

गृहपृष्ठ सुनको मूल्य ८ सय घट्यो

सुनको मूल्य ८ सय घट्यो

सुनको मूल्य ८ सय घट्यो

स्थानीय बजारमा साेमबार सुनको मूल्य घटेकाे छ । आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८०० रुपैयाँ घटेर ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी पनि प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु