global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नारायणगढ–मुग्लिन, सुनौली–पोखरा, बेंसीसहर–चामे र पाल्पा–गुल्मी सडक अवरुद्ध

नारायणगढ–मुग्लिन, सुनौली–पोखरा, बेंसीसहर–चामे र पाल्पा–गुल्मी सडक अवरुद्ध

नारायणगढ–मुग्लिन, सुनौली–पोखरा, बेंसीसहर–चामे र पाल्पा–गुल्मी सडक अवरुद्ध

अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन् ।

नारायणगढ(मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहिबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो आएर दुईतर्फी रूपमै यातायात बन्द भएको हो ।

यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर खोला बढेको छ, जसले गर्दा राजपथ (हेटौंडा–पालुङ–काठमाडौं) सडकखण्ड र भिमफेंदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यस्तै ललितपुरको टुकुचेमा पहिरो गएपछि कान्तिलोकपथ पनि अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक खण्डलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी पहिरोका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

निरन्तरको वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ ।

मनाङको नासों गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा जोखिमपूर्ण बनेको उनले बताए ।

वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ । पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रेम कार्कीले जानकारी दिए ।

प्रकाशित समय : ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु