skip this prabhu bank contant

गृहपृष्ठ नारायणीले नाघ्यो सतर्कताको तह, गण्डकी बाँधका २२ ढोका खोलियो, राप्तीले झनै जोखिम

नारायणीले नाघ्यो सतर्कताको तह, गण्डकी बाँधका २२ ढोका खोलियो, राप्तीले झनै जोखिम

नारायणीले नाघ्यो सतर्कताको तह, गण्डकी बाँधका २२ ढोका खोलियो, राप्तीले झनै जोखिम

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका खोलिएको हो ।

नदीको सतह खतरानजिक पुगेपछि नेपाल र भारततर्फमा रहेका ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको छ ।

पानीको बहाव हेरेर बाँकी रहेका ढोका पनि खोलिने विषयमा छलफल भइरहेको उनले बताए । ब्यारेजमा बिहीबार बिहान साढे ८ बजे २ लाख ८० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

वर्षाकै कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले पनि खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ ।

राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसैगरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा ६.१० मिटर पुगेको छ ।

पश्चिम राप्तीमा बाढी बढेपछि फत्तेपुर, कम्दी लगायतका स्थान जोखिममा पर्छन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको थियो ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु