skip this prabhu bank contant

गृहपृष्ठ प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा महाशाखाको अलर्ट, यी स्थानमा बाढीको सम्भावना

प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा महाशाखाको अलर्ट, यी स्थानमा बाढीको सम्भावना

प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा महाशाखाको अलर्ट, यी स्थानमा बाढीको सम्भावना

काठमाडाैं । विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने जनाएको छ। त्यसैले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको छ । यी जिल्लाका धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

पश्चिम राप्ती जलाधारको धेरै ठाउँमा पछिल्लो ६ घन्टा अति ठूलो पानी परेको छ । थप वर्षा हुने देखिएकाले पश्चिम राप्ती भालुवाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्न सक्ने अनुमान छ ।

ती क्षेत्रका नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको छ । महाशाखाले दशैँमा यात्रा गर्दा सडक तथा खोलाबारे पूर्वजानकारी लिन तथा धानबाली काट्ने र भित्र्याउने तयारी गरेको भए पूर्व तयारीमा ध्यान दिन आग्रहसमेत गरेको छ ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु