गृहपृष्ठ आशा लघुवित्तको संस्थापक सेयर बिक्री खुला

आशा लघुवित्तको संस्थापक सेयर बिक्री खुला

आशा लघुवित्तको संस्थापक सेयर बिक्री खुला

आशा लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि (आज) ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३ सय ९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३ सय ९५ रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

यसमा इच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित समय : १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु