nmb bank

गृहपृष्ठ नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको ठाडो उल्लंघन : यादव

नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको ठाडो उल्लंघन : यादव

नागरिकता विधेयक प्रमाणिकरण नगर्नु संविधानको ठाडो उल्लंघन : यादव

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् ।

अध्यक्ष यादवले संसद्को दुवै सदनबाट २/२ पटक पारित भएको नागरिकता विधेयकलाई प्रमाणिकरण नगर्नु संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको बताएका छन् ।

यादवले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद्को दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण नगर्नु संविधानको ठाडो उल्लंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार हो ।’

सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रोपटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि गम्भीर संवैधानिक अन्योल सिर्जना भएको छ ।

संविधानले राष्ट्रपतिलाई जस अपजसको राजनीतिबाट अलग राख्दै सरकार, संवैधानिक आयोग र संसद्ले सिफारिस गरेको काम गर्न स्पष्ट दिशानिर्देश गरेको छ । संसद्ले अनुमोदन गरेको विधेयक राष्ट्रपतिबाट पनि अस्वीकार हुन सक्छ भन्ने परिकल्पना नै संविधानले गरेको छैन ।

प्रकाशित समय : १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु