गृहपृष्ठ मंगलबार बढ्यो सुनचाँदीको मूल्य
मंगलबार बढ्यो सुनचाँदीको मूल्य

साताको कारोबारको तेस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८० रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : ११:२१ बजे