गृहपृष्ठ अस्ट्रेलियामा प्रकोप जोखिम न्यूनीकरण सम्मेलन

अस्ट्रेलियामा प्रकोप जोखिम न्यूनीकरण सम्मेलन

अस्ट्रेलियामा प्रकोप जोखिम न्यूनीकरण सम्मेलन

एसिया प्रशान्त क्षेत्रका ४० देशका मन्त्री सम्मिलित प्रकोप जोखिम न्यूनीकरण सम्मेलन सोमबार अस्ट्रेलियामा सुरु भएको छ । ४ दिनसम्म चल्ने सम्मेलनले यस क्षेत्रमा हुन सक्ने विपद्को न्यूनीकरण, व्यवस्थापन, सहयोग विस्तार, सहकार्य लगायतका विषयमा कार्ययोजना तयार गर्ने जनाइएको छ ।

अस्ट्रेलियाली सरकार तथा संयुक्त रास्ट्रसंघको प्रकोप जोखिम न्यूनीकरण कार्यालयको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा ४० देशका मन्त्रीका साथै उच्च अधिकारी, विज्ञ, निजी क्षेत्रलगायतका करिब ३ हजारले सहभागिता जनाएका छन् ।

भूकम्प, बाढीपहिरो, खडेरी, आँधीलगायत प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका तथा यस्ता समस्यालाई झेलिरहेका देशहरूलाई सहयोग पुर्‍याउने तथा जोखिम न्यूनीकरणका लागि सामूहिक रूपमा गर्न सक्ने उपायका बारेमा योजना निर्माण गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।

विकास मूलका गतिविधिका क्रममा जोखिम कम गर्नका लागि ध्यान दिनुपर्ने भएकाले त्यसलाई जोड दिनुपर्ने आयोजकको भनाइ छ । प्रकोपले राज्य तथा जनतालाई मात्र नभएर सरकारका हरेक अंग, तह र क्षेत्रलाई असर गर्ने भएकाले यसको न्यूनीकरणका लागि सामूहिक योजनामा सम्मेलनले महत्त्वपूर्ण घोषणापत्र सार्वजनिक गर्नेछ ।

क्विन्सल्यान्डको राजधानी ब्रिसबेनमा सुरु सम्मेलनमा नेपालका तर्फबाट गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको टोली सहभागी छ । त्यसका साथै अन्य विभिन्न संस्थाका करिब ३ दर्जनको उपस्थिति छ ।

प्रकाशित समय : ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु