गृहपृष्ठ एकीकृत समाजवादीले बुझायो बन्द सूची
एकीकृत समाजवादीले बुझायो बन्द सूची

नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाकै नामावली बुझाइएको छ । उनले अहिले बुझाइएको नाममा फेरबदल हुनसक्ने बताए ।
समानुपातिकतर्फ १५ सिट ल्याउने पार्टीको योजनासमेत रहेको उनले बताए । उनले आफ्नो नाम समानुपातिक सूचीमा रहेको जानकारी दिए ।
प्रकाशित समय : १५:४६ बजे