गृहपृष्ठ आईएमई लाइफको पाँचौ वार्षिक साधारणसभा असोज २६ गते हुने
आईएमई लाइफको पाँचौ वार्षिक साधारणसभा असोज २६ गते हुने
आईएमई लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ ।
कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा लैनचौर बैङक्वेट्समा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीलाई हाल कायम चुक्ता पुँजीमा शत-प्रतिशत हकप्रद जारी गर्ने तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।
त्यसैगरी, सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा/नोक्सान तथा नगद प्रवाह विवरण पारित गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
प्रकाशित समय : १०:५६ बजे