skip this prabhu bank contant

गृहपृष्ठ सर्वाेच्च फर्किने चोलेन्द्र सन्देशमाथि बारको निषेध

सर्वाेच्च फर्किने चोलेन्द्र सन्देशमाथि बारको निषेध

सर्वाेच्च फर्किने चोलेन्द्र सन्देशमाथि बारको निषेध

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आइतबारदेखि सर्वाेच्च अदालतको नियमित काममा फर्किने सन्देश पठाएपछि न्यायालय तरंगीत भइरहेको छ ।

आफुविरुद्ध छानबिनका लागि बनेको महाभियोग सिफारिस समितिले शनिबारमात्रै राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गरेको छ । ठिक यसैबेला राणाले आफु नियमित जिम्मेवारीमा फर्किने सन्देश सर्वाेच्च प्रशासनलाई पठाएका हुन् ।

राणा फर्किने सन्देश लगत्तै सर्वाेच्च अदालतका न्यायाधीशले असहयोग गर्ने तयारी गरेका छन् भने नेपाल बार एशोसिएसनले राणालाई अवरोध गर्ने तयारी गरेको छ ।

शनिबार राति नै महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो । तर आफुमाथि छानबिन गरिरहेको प्रतिनिधिसभाको कार्यकाल नै सकिएकाले महाभियोगको अस्तित्व सकिएको भन्दै आफू पदमा बहाल हुने खबर राणाले गरेका हुन् ।

यता, प्रतिनिधिसभाको ११ औं अधिवेशन शनिबार मध्यरातबाट अन्त्य भएको छ । अधिवेशन सकिए पनि राणाको निलम्बन निरन्तर रहने महाभियोग सिफारिस समितिले प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय : ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु