गृहपृष्ठ डिशहोममा १ वर्षको रिचार्ज गर्दा भिमले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा भिमले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा भिमले जिते नगद एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा भिमसेनथापा गाउपालिका ५ का निवासी भिम बहादुर भट्टराईले एक लाख जितेका छन् । भैरबी इन्टरप्रईजेजको डिलरअन्तर्गत रहेको आरुघाट धादिङका सह-बितरक श्रेष्ठ इलेक्ट्रोनिक्सका डिलर दाई धर्मेन्द श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट सिनियरसेल्स अफिसर मदन सापकोटा , सर्भिस सेन्टर कोदिनेटर सुमन खनाल ,सर्भिस सेन्टर सुपरभाइजर लक्ष्मी लामा , सिनियर प्राविधिक सुपरभाइजर उपेन्द्र ओली , प्राविधिक सुपरभाइजर सागर खड्काबाट जितेका पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता भट्टराईलाई हार्दिक बधाई दिदैँ सम्पुर्ण डिशहोम डीटीएचका ग्राहकले यो योजनामा सहभागी भई लाभ लिनेछन भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाईलो एचडी, सरोकार टीभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु