nmb bank

गृहपृष्ठ जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका-५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् । जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई १३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार चलान गरिएको छ ।

प्रकाशित समय : १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु