nmb bank

गृहपृष्ठ आर्थिक रुपान्तरणका लागि सहकारी आवश्यकता छ : माधव नेपाल

आर्थिक रुपान्तरणका लागि सहकारी आवश्यकता छ : माधव नेपाल

आर्थिक रुपान्तरणका लागि सहकारी आवश्यकता छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रुपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् ।

समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज नेता नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रुपान्तरणका लागि सहकारीको ठुलो योगदान रहने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने गिरोह बढिरहेकाले त्यसलाई अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउनुपर्छ ।’ हाल देशमा करिब ३५ हजार सहकारी रहेको जानकारी दिँदै उनले भने, ‘जसमा ८७ लाखभन्दा बढी मानिस कुनै न कुनै रुपबाट जोडिएका छन् ।’ पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेका विकृतिको पहिचान गरी सकारात्मक तरिकाबाट अघि बढ्नु अहिलेको चुनौती रहेकोमा उनको जोड थियो ।

सहकारीले जनतालाई संगठित गर्न सफल भएजस्तै त्यसको प्रभावकारी अनुगमन गर्न पनि त्यत्तिकै आवश्यकता रहेको बताए ।

संस्थाका अक्ष्यक्ष नवराज अर्यालले समाज रुपान्तरणको बलियो आधार सहकारी रहेको बताए । संस्थामा आजनै ७७ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु