गृहपृष्ठ आइएमई मोटर्सले ल्यायो ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’

आइएमई मोटर्सले ल्यायो ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’

आइएमई मोटर्सले ल्यायो ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’

आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ ।

नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर किन्दा सिंगापुर टुरलगायतका विभिन्न आकर्षक उपहार पाउन सकिने भएको छ । यी सवारी साधन किन्दा जिस्पा इलेक्ट्रिक भेइकल, २४ क्यारेट सुन वा एक जोडी सिंगापुर टुर गर्न सकिने अफर उपलब्ध हुने भएको छ ।

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्स प्रालिले आइरहेको चाड पर्वलाई लक्षित गरी अफर सार्वजनिक गरेको हो । अशोक लेल्यान्डका यी सवारी साधन खरिद गर्दा ७० प्रतिशतसम्म फाइनान्सको सुविधासमेत कम्पनीले उपलब्ध गराइरहेको छ ।

नेपाली बजारमा अशोक लेल्यान्डका चिताह बस, एमआइटीआर बस, लिंक्स स्मार्ट बस, भाइकिङ बस र स्कुल बस उपलब्ध छन् । त्यसैगरी ट्रक ६ ह्विलर, १० ह्विलर र १२ सम्म उपलब्ध छन् भने टिपर पनि विभिन्न मोडलका ६ देखि १२ ह्विलरसम्म उपलब्ध छन् ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु