गृहपृष्ठ ‘नमस्ते पे’को चाडपर्व अफर : ७ जनालाई शतप्रतिशत पैसा फिर्ता

‘नमस्ते पे’को चाडपर्व अफर : ७ जनालाई शतप्रतिशत पैसा फिर्ता

‘नमस्ते पे’को चाडपर्व अफर : ७ जनालाई शतप्रतिशत पैसा फिर्ता

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडबाट सञ्चालित नमस्ते पेले दसैं, तिहार र छठ पर्वको अवसरमा फेस्टिभ क्याम्पेन सुरु गरेको छ । कम्पनीले ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताका लागि विभिन्न सेवा र अफर ल्याएको हो ।

यसअनुसार बम्पर अफरमा ७ भाग्यशाली विजेताले शतप्रतिशत पैसा फिर्ता (क्यासब्याक) पाउनेछन् । प्रयोगकर्ताले धेरै कारोबार गर्दा धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यासब्याक पाउने मौका हुने कम्पनीले जनाएको छ ।

अभियान अवधिको बीचमा कुनै पनि सेवाको कारोबार गर्ने प्रयोगकर्ता बम्पर योजनामा योग्य हुने कम्पनीको भनाइ छ । नमस्ते पेबाट युटिलिटी बिल भुक्तानीमा प्रत्येक हप्ता १ विजेताको वर्षभरिको बिल नमस्ते पेले नै तिरिदिने अफर समेत छ ।

त्यस्तै हवाइ टिकट खरिदमा हरेक हप्ता १ जना भाग्यशाली विजेताले १ हजार रुपैयाँ पैसा फिर्ता पाउने र अभियानको अन्त्यमा २ जना भाग्यशाली विजेताले पोखराको राउन्ड हवाइ टिकट निःशुल्क पाउनेछन् । दसैं दक्षिणाको रुपमा आफ्नो परिवार र आफन्तलाई ‘वालेट टु वालेट ट्रान्सफर’ गर्ने २० जनाले शतप्रतिशत पैसा फिर्ता पाउनेछन् ।

अभियान अवधिमा सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउने कम्पनीले जनाएको छ । प्रयोगकर्तालाई प्रोमोकोड उपलब्ध गराइनेछ, जुन तीनपटक रिडिम गर्न सकिने कम्पनीको भनाइ छ ।

यसबाहेक नमस्ते पेले भ्वाइस र डेटा प्याक, बिल भुक्तानी, मर्चेन्ट भुक्तानी, हवाइ टिकटलगायत विभिन्न सेवामा विभिन्न फ्लास अफर प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु