गृहपृष्ठ नेपाल–चीन संसदीय सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर

नेपाल–चीन संसदीय सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर

नेपाल–चीन संसदीय सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर

नेपालको प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच मैत्रीपूर्ण सम्बन्ध र सहयोग सुदृढ गर्न ६ बुँदे समझदारी भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा सोमबार नै आइपुगेका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा हस्ताक्षर गरिएको समझदारीपत्रमा आपसी विश्वास सदृढ र विकासका लागि एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्त्वपूर्ण सरोकारमा साथ दिन सहमत भएको उल्लेख छ ।

दुई मुलुक र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढको प्रयास गर्ने समझदारी पनि भएको छ ।

समझदारीको तेस्रो बुँदामा नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्क आदानप्रदानमा प्राथमिकता दिने भनिएको छ ।

प्रकाशित समय : ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु