गृहपृष्ठ पोखरा आर्ट ग्यालरीमा महानगरले चलायो डोजर

पोखरा आर्ट ग्यालरीमा महानगरले चलायो डोजर

पोखरा आर्ट ग्यालरीमा महानगरले चलायो डोजर

पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा बिहिबार डोजर चलेको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्यसहितको टोलीले बिहान डोजर चलाएको हो ।

२०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो ।

जसलाई हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो ।

ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी छ ।

प्रकाशित समय : ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु