गृहपृष्ठ पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने

पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने

पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेसी स्थगित भएको थियो ।

तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेसी तोकिएको जानकारी दिए । नायक शाहविरुद्ध नवलपुर अदालतले मंगलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै २५ हजार जरिबाना र दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए ।

जबरजस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

नाबालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।

नवलपुरको फैसलाविरुद्ध पुनरावेदनको तयारी

नवलपुर अदालतको फैसलाविरुद्ध नायक शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका छन् । अदालतको पूर्ण पाठ आउनेबित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारी गरिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु