गृहपृष्ठ कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा
कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

आगामी मंसिर ४ का लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले घोषणापत्र तयारी समिति बनाएको छ । समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई नियुक्त गरिएको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा पार्टी विधान बमोजिम महामन्त्री श्री विश्वप्रकाश शर्मालाई प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित समय : १८:५३ बजे