nmb bank

गृहपृष्ठ १७ संस्थालाई कर बुझाउन अल्टिमेटम

१७ संस्थालाई कर बुझाउन अल्टिमेटम

१७ संस्थालाई कर बुझाउन अल्टिमेटम

काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन भनेको हो ।

महानगरले थापाथलीस्थित खाद्य संस्थान, हाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहिटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड सिंहदरबारलाई पत्र लेखेको छ ।

यस्तै, महानगरले नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल स्वयम्भू, आरबी कम्प्लेक्स न्युरोड, काठमाडौं प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडक, सिविक हस्पिटल प्रालि र डेन्टल कलेज सामाखुसीलाई पनि पत्र लेखेको छ ।

‘महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटक-पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुजाएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवानासहित बुझाउनु अनुरोध छ,’ महानगरको विज्ञप्तिमा उल्लेख छ ।

तोकिएको समयमा कर नबुझाए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने महानगरले जनाएको छ ।

महानगरकाे पत्र :

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु