global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जलवायु परिवर्तनले दिन खोजेको संकेत बेलैमा बुझौं

जलवायु परिवर्तनले दिन खोजेको संकेत बेलैमा बुझौं

जलवायु परिवर्तनले दिन खोजेको संकेत बेलैमा बुझौं

– निनाम लोवात्ती

पछिल्लो पाँच सय बर्षको अन्तरालमा युरोपमा जे भएको थिएन,यो बर्ष आखिर त्यही भयो । लामो समय निकै ठूलो खडेरीले युरोप हायलकायल भयो,यो बर्ष । असामान्य ढंगले पृथ्वीमा तापक्रम बढ्यो,गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामायीक रुपमा र कु-बेला पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिऊँ पग्लने, हावा-हुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्यो । जलवायु तथा मौसम परिवर्तनको प्रभावले पृथ्वीलाई के सम्म गरेन ?

यस्तो किन भयो ?

जवाफ प्रष्ट छ-जलवायु तथा मौसममा देखिएको परिवर्तनको असर थियो यो । पछिल्लोपटक ने क्रम बढ्नुको मुख्य कारणमा विश्वमा बढ्दै गएको जलवायु तथा मौसम परिवर्तनका कारणले नै हो भन्नेमा वातावरणविद् एक मत छन् ।

युरोपका अधिकांश देशहरु जस्तै स्पेन, बेलायत, ग्रीस, फ्रान्स, जर्मनी, पोर्चुगल, लक्जम्बर्ग, हंगेरी, रोमानिया, इटली, युक्रेन, मोल्दोभा, नेदरल्यान्ड आदि देशमा अत्यधिक गर्मीका कारण धेरै मानिस प्रभावित भए । हजारौंले अकालमै ज्यान गुमाए । यो वर्ष युरोपमा आएको भयावह खडेरीले युरोप महादेशको झण्डै ४७ प्रतिशत भूक्षेत्र खतरामा परेको अड्कल लगाएका छन्,जानिफकारहरुले । नदी सुकेका छन्, तालको पानी कता गयो भनेर सबै हैरान छन् । माटोको आद्रता घटेको छ । ठूला नदी र तालबाट पानी हराएपछि मध्यम खालका पानी जहाज र डुंगाहरु चलाउन समस्या भएको छ ।

उता विश्व स्वास्थ्य संगठनले गत वर्ष प्रकाशित गरेको वायु प्रदुषणसम्बन्धी एक अध्ययन अनुसार वायु प्रदुषणका कारण विश्वका विभिन्न देशमा बर्षेनी ७० लाख मानिसले अल्पायुमै आफ्नाे अमूल्य जीवन गुमाई रहेका छन् । वायु प्रदुषणका प्रमुख कारणहरुमा औद्योगिक उत्पादन, उद्योग-धन्दा र कलकारखाना भए तापनि जलवायु तथा मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मानिन्छ । विज्ञहरुका अनुसार नेपालको राजधानी काठमाडौ विश्वकै ५० प्रदुषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो/छ ।

डा. माधव अधिकारीले आफ्नो एक लेखमा उल्लेख गरे अनुसार वायुको गुणस्तर सूचांक (एक्युआई) काठमाण्डौको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९,भक्तपुरमा २१६, र चितवनको सौराहामा २१० अंक रहेको थियो, गत वर्ष । जबकि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने, २०१ भन्दा माथि अस्वस्थ्यकर हो । साथै ३०१ भन्दा माथि घातक हुन्छ । यसरी हेर्दा नेपालमा जहाँजहाँ वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, ती सबै ठाऊँमा वायुको गुणस्तर सूचांक (एक्युआई) अत्यधिक घातक रहेको देखिन्थ्यो ।

माथि एक प्रसंगमा वायु प्रदुषण बढ्नुमा उद्योग–धन्दा र कलकारखाना प्रमुख जिम्मेवार रहने गरेको भनिए पनि नेपाल जस्ता अविकसित र अल्पविकसित देशहरुमा वायु प्रदुषण बढ्नुमा ४० वर्षभन्दा पुराना सवारी साधन पनि एउटा कारक हो । साथै युरो मापदण्ड पूरा नभएको पेट्रोल, डिजेल, ग्यास, कोइला लगायत औद्योगिक इन्धनहरु, धेरै जसो नेपालीको घरमा भात-भान्सा तयार गर्न काठ-दाउराको प्रयोग गर्ने, गोबरको गुईठा बाल्ने भुस र फुसलाई पनि इन्धनका रुपमा प्रयोग गर्ने गर्नाले पनि हो ।

गएको केही वर्षदेखि विश्वका धेरै देशहरु जस्तै चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडा लगायतका देशमा कयौ दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगातार रुपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको देखिन्छ । यसरी धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदुषण पनि बढ्दो क्रम रहेको देखिन्छ । त्यसैले यसको असर कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता, वातावरणविद लगायतले जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदुषणका बारेमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन् ।

त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनास, हिमनदी पग्लने क्रम र यसले हिमाली तथा पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने अनि यसका रोकथामका लागि क-कसले कसरी काम गर्ने ? भन्ने विषयमा मतैक्य हुन सकेको छैन ।

त्यसैले वातावरणविद र वातावरण वैज्ञानिकहरुको भनाइ छ, ‘जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै अर्को मुख्य समस्याको रुपमा रहेको वायु प्रदुषणका कारण आउने दीर्घकालीन असरहरु मानिसले कम गर्न नसके अबको ५० वर्षमा कञ्चन,स्वच्छ र शुद्ध खाने (पिउने !) पानीको संकट आईपर्ने छ । त्यति मात्रै होइन, मानिसहरुले खाद्यान संकटको पनि ठूलो सामना गर्नुपर्ने छ ।

प्रकाशित समय : ०६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु