nmb bank

गृहपृष्ठ काठमाडौं- ५ बाट विजय कँडेलको उम्मेदवारी घोषणा

काठमाडौं- ५ बाट विजय कँडेलको उम्मेदवारी घोषणा

काठमाडौं- ५ बाट विजय कँडेलको उम्मेदवारी घोषणा

आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । दल मात्र नभइ स्वतन्त्रतर्फ पनि उम्मेदवारी घोषणा गर्ने जमात बढिरहेको छ ।

यस्तै स्वतन्त्र मध्येका युवा व्यवसायी विजय कँडेलले पनि उम्मेदवारी घोषणा गरेका छन् । कँडेलले प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

देशको अर्थतन्त्र र कूटनीति लगायतका विषयमा सुधारका लागि आफ्नो उम्मेदवारी भएको उनी बताउँछन् । अंग्रजी साहित्यमा स्नातकोत्तर गरेका कँडेल केही वर्ष अस्ट्रेलियासमेत बसे ।

त्यहाँबाट फर्केलगत्तै हाइजेनिक मिट सेन्टर नामक व्यवसाय सुरु गरे । उक्त व्यवसायी अहिले काठमाडौं उपत्यकाका पाँच स्थानमा सञ्चालन भइरहेको छ । अस्ट्रेलियन टेक्नोलोजीमा आधारित व्यवसायी सुरु गरेका कँडेलले युवालाई व्यवसायीमा जोड्न, व्यवसायिक क्षेत्रमा परिवर्तन ल्याउन राजनीतिमा आएका उनी बताउँछन्, ‘म ३८ वर्षको भएँ । मेरो उम्मेदवारी व्यवसायिक क्षेत्रमा परिवर्तन ल्याउनका लागि हो ।’

उनको स्थायी घर भने नवलपरासी सुस्ता-४ हो ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु