गृहपृष्ठ महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सोरुम उद्घाटन
महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सोरुम उद्घाटन
नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले महेन्द्रनगर कञ्चनपुरमा पनि सहवितरण सोरुमको सुभारम्भ गरेको छ ।
सोरुम उद्घाटन, डिशहोमका तर्फबाट रिजनलसेल्स म्यानेजर जेबि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको न्यू केदार इन्टरप्राइजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
साउन २६ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सुरु गरिएको छ । १ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको न्यू केदार इन्टरप्राइजले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्धत गर्ने न्यू केदार इन्टरप्राइजका सञ्चालक गोकुल देव जोशीले बताए ।
प्रकाशित समय : १७:५५ बजे