global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मौन अवधि घटाउन एमालेको आग्रह किन ?

मौन अवधि घटाउन एमालेको आग्रह किन ?

मौन अवधि घटाउन एमालेको आग्रह किन ? नेकपा एमालेका अध्यक्ष केपी ओली । फाइल फोटो

 

नेकपा एमालेले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मौन अवधि घटाउन आग्रह गरेको छ । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता, २०७९ सम्बन्धमा आफ्ना तर्फबाट ३७ वटा बुँदामा सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४ घन्टा कायम गर्न आग्रह गरेको हो । यसअघि मौन अवधिको समय ४८ घन्टा तोकिएको थियो ।

एमालेले आज आयोगलाई निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागु गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ ।

निर्वाचन आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने, उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारका लागि पच्चीस जनाभन्दा बढीको जुलुस लान नपाइनेलगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्ने तथा गलत मनसायले नियतवश निर्वाचनमा बालबालिकाको प्रयोगलाई निषेध गर्नुपर्ने सो पार्टीले सुझाव राखेको छ ।

एमालेले निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुुट्टै आचारसंहिता लागू नगराई आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्ने, जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने र अनुुमति भन्ने हटाउनुपर्ने सुझाव दिइएको एमालेका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

आचारसंहितामा मुख्य प्रचारकको संख्या तोक्नु नहुने तर मुख्य प्रचारक को–को हुने भन्ने जानकारी निर्वाचन आयोगलाई हुनुपर्ने व्यवस्था गर्ने, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवारको बढी र कुनै राजनीतिक दल वा उम्मेदवारको कम स्थान दिई कार्यक्रम, समाचार, विचार प्रवाह नगरी समानुपातिक र सन्तुलित गर्नुपर्ने, जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने, डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सूक्ष्म अनुगमन गर्न विशेष एकाइ गठन गर्नुपर्ने सुझाव दिइएको विष्टले जानकारी दिए ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु