गृहपृष्ठ लमजुङको घनपोखरामा जिप दुर्घटना, १० जना गम्भीर घाइते
लमजुङको घनपोखरामा जिप दुर्घटना, १० जना गम्भीर घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् ।
बेँसीसहरदेखि घनपोखरा जाँदै गरेको ग१ज ७४१७ नम्बरको जिप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते मध्ये १० जना गम्भीर घाइते भएका छन् । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्धार गरेको स्थानीय राम गुरूङले बताए ।
घाइतेलाई ४ वटा जिपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल ल्याउँदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घाइते सबै स्थानीय रहे पनि नामथर खुल्न सकेको छैन ।
प्रकाशित समय : २०:५५ बजे