nmb bank

गृहपृष्ठ ज्योति लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

ज्योति लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

ज्योति लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारणसभा सम्पन्न गरेको छ ।

उक्त सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी संग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको निर्णय सभाले अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई सभाले स्वीकृति गरेको छ ।

सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

यस्तै, कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्यांकन गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्यांकन कार्य (DDA) गर्नका लागि संचालक समितिबाट मुल्यांकनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरी भएको निर्णय अनुमोदन गरेको छ ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु