global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ माइपे क्वाइन सार्वजनिक, प्रतिक्वाइन मूल्य १ रूपैयाँ

माइपे क्वाइन सार्वजनिक, प्रतिक्वाइन मूल्य १ रूपैयाँ

माइपे क्वाइन सार्वजनिक, प्रतिक्वाइन मूल्य १ रूपैयाँ

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ ।

१ क्वाइन बराबर १ रूपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ । माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।

यससँगै माई पे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाइ जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँडिएको माई पेको भनाइ छ ।

उदाहरणको लागि तपाईंले माई पेबाट १ हजार रूपैयाँको मोबाइल टपअप गर्‍यो भने ४ प्रतिशत (४० रूपैयाँ) फिर्ता हुन्छ । जसमा २० रूपैयाँ क्यासको रुपमा तपाईको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माई पेबाट गरिएको सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने माइ पेको भनाइ छ ।

यसरी प्राप्त भएको क्वाइन अब ग्राहकहरुले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् । मानौं अघिको तपाईको पहिलो काराेबारबाट २० क्वाइन जम्मा भएको छ । अब तपाईंले अर्काे कारोबारको रुपमा १ हजार रूपैयाँको कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुभयो । अब तपाईंले बिल भुक्तानी गर्दा तपाईंको माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ ।

पहिलो विकल्प छनौट गर्दा तपाईको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा तपाईले वालेटमा बैंक लिंक गर्नुभएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा तपाईले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नुहुन्छ ।

जस्तो १ रूपैयाँको बिल तिर्दा तपाईंले ९८० रूपैयाँ तपाईको बालेटमा भएको रुपैयाँबाट र २० रूपैयाँ नगद नभई माइ पे क्वाइनबाट भुक्तानी गर्न सक्नुहुन्छ । यस भुक्तानीपछि पनि तपाईंले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नुहुनेछ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पेले जनाएको छ ।

यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइ पेले जनाएको छ । माई पेका अनुसार क्वाइन प्रयोग गर्दा प्रयोगकर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ । ‘हालसम्म सञ्चालनमा रहेको लोयल्टी पोइन्टहरुको सीमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगदसरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन सञ्चालनमा ल्याएका छौं ।’

प्रकाशित समय : ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु