गृहपृष्ठ राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज सोमबार संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्दै छ । १२औं अधिवेशनको ४५औं बैठक बस्न लागेको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित समय : ०७:३९ बजे